अपार्टमेन्ट बनाउनेक्रममा सर्वसाधारणका घर भासिएपछी….

11

काठमाडौं – ललितपुरको बखुण्डोलमा एक अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएका छन्। शुक्रबार राति निर्माणाधिन समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय बस्ती जोखिममा परेका हुन्।

बस्ती नै जोखिममा परेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन भन्दै घर छाड्न थालेका छन्। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन थालिएपछि आफूहरूका घर भासिन पुगेको स्थानीयले गुनासो गरेका छन्।

निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरू एक तलासम्म चर्किएका छन्। ती घरहरूमा भाडामा बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको गुनासो स्थानीयले गरेका छन्।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शनिबार बिहान भासिएका घरहरूको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।

अपार्टमेन्ट निर्माणको क्रममा घरहरू भासिएपछि भागदौड गर्ने क्रममा केही सर्वसाधारण घाइते पनि भएका छन्। उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू