काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० साउनमा बस्ने बैठकमा मात्रै आफ्नो धारणा राख्ने बताएका छन्।
साउन २ गतेदेखी जारी केन्द्रीय समिति बैठक १० साउन साँझ ४ बजेसम्मका लागि स्थगित गर्दै उनले भने, “त्यो दिन मैले पनि बोल्नु पर्ला।”
सोमबारको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले धारणा राखेका थिए।
उपप्रधानमन्त्री समेत रहेका पूर्णबहादुर खड्काले सरकारका सम्बन्धमा तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र शहरी विकास मन्त्री सीता गुरुङले आफ्नो मन्त्रालयले गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए।
काँग्रेसको इतिहासमै पहिलोपटक केन्द्रिय कार्यसमितिको बैठक सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।