काठमाडौं – पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले अबको आफ्नो राजनीतिक यात्राका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेकपा एमालेले निष्काशित गरेपछि पार्टीप्रतिको धारणा र अबको पाटोमा रावलले आज बुधबार सार्वजनिक गर्दैछन्। उनी निकट नेताहरूका अनुसार रावल नयाँ पार्टी बनाउने तयारीमा छन्। बुधबारको पत्रकार सम्मेलनमा भने पूर्वपार्टी एमालेप्रतिको आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम छ।
उनले आफ्ना कुराहरू राख्न र भाबी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको उनीनिकट नेताले जानकारी दिए। रावल स्वयंले पनि सामाजिक सञ्जाल मार्फत पत्रकार सम्मेलनबारे जानकारी दिएका छन् ।
यसैबिच रावलले नेपाली काँग्रेसबाट अलग भएको नेपाली काँग्रेस बिपीका उपसभपति कर्ण मल्लसँग पनि भेट गरेर सहयात्राको बारेमा छलफल गरेका छन् ।
उनी शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ।