काठमाडौं – शिक्षक सेवा आयोगले यस अघिको अध्यापन अनुमतिपत्रको पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गरेको छ।
यसअघि विषयगत रूपमा परिक्षा लिइँदै आइएकोमा अब वस्तुगत मात्र हुने गरी परिवर्तन गरिएको आयोगकी उपसचिव संगीता रेग्मीले जानकारी दिइन्।
उप सचिव रेग्मिका अनुसार निम्नमाध्यमिक र माध्यमिक तहको पाठ्यक्रम र परीक्षाको ढाँचा परिवर्तन गरिएको हो।
परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिनेछ। परीक्षाका लागि १ घण्टा समय तोकिएको आयोगले जनाएको छ।