अब एक कक्षा देखिनै संस्कृत शिक्षा पढाई हुने

30

(काठमाडौं) – सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने तयारी गरिएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले बिज्ञको सहयोगमा कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ ।  स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक स्कुलले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृतको पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ । संस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) दिइएको छ ।

यसअघि कक्षा चारदेखि ८ सम्म संस्कृत विषयको पढाइ हुन्थ्यो । तर तत्कालिन माओवादीको द्वन्द्वका क्रममा कार्यकर्ताले स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि पढाइ बन्द भएको थियो ।

समाचार वर्गहरू