अब प्रसुती गृहमा पनि अनलाइन टिकट काट्न सकिने

28

मध्यबिन्दु/काठमाडौं – काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकट प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापन गर्न र बिरामीको सहजताका लागि अस्पतालले हिजो आइतबारदेखि अनलाइन टिकट प्रणाली सुरु गरेको हो । अनलाइन टिकट प्रणाली सुरु भएसँगै अस्पताल पुगेर घन्टौं लाइन बस्नुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त भएका छन् ।

प्रसूति गृहमा दैनिक ६ सय देखि ७ सयको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका अस्पताल प्रसासनले जनाएको छ ।
अनलाइन टिकट काट्नका लागि सेवाग्राहीले गुगलको प्ले स्टोरबाट प्रभु पे एप डाउनलोड गर्नुपर्नेछ ।

यसअघि सिभिल अस्पताल, सहिद गंगालाल अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाइन टिकट प्रणाली सुरु गरिसकेका छन् ।

समाचार वर्गहरू