काठमाडौँ – सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
साना–ठूला रेष्टुरेन्ट, खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको, भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।
यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य टेक अवे मात्र दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।
अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।