अब सामाजिक सञ्जालमा ठेगाना अनिवार्य राख्नुपर्ने

54

काठमाडौं – प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल युट्युब र फेसबुकमा राखिएका समाचार सामग्रीमाथि निगरानी सुरु गरेको छ ।

सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन भन्दै काउन्सिलले कार्यविधि निर्माण गरेर निगरानी थालेको हो ।

मिडियाको नियामक निकाय काउन्सिलले आम सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका युट्युब च्यानल तथा फेसबुक पेजमा सञ्चालकको नाम, ठेगाना प्रस्ट राख्न र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपिल गरेको छ ।

काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टीभीसहित सामाजिक सञ्जालका पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन बेग्लै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।

मिडियाका युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आए वा स्वअनुगमनबाट देखिए पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने काउन्सिलले जनाएको छ ।

 

समाचार वर्गहरू