अमेरिकाको अर्थतन्त्रमा एक दशक यताकै गम्भीर संकुचन

67

(काठमाडौं) – अमेरिकाको अर्थतन्त्रमा एक दशक यताकै सबैभन्दा गम्भीर संकुचन देखा परेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो संकुचन पैदा भएको हो ।

बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ । यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक संकुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ ।

बीबीसीका अनुसार मार्चमा पूर्ण रूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्यांकले संकटको संकेत मात्र गर्छ । अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरूले बुधवार कोरोना भाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन् ।

अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ । त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ । फेडेरल रिजर्भले संकटकालीन कदमहरूको पनि जानकारी दिएको छ । त्यसमा ब्याजदरलाई शून्यको नजिक पुर्‍याउने लगायतका कदमहरू छन् ।

समाचार वर्गहरू