एजेन्सी/न्यूयोर्क – अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । टेक्सासको फोर्ट वार्थ नजिकै रहेको ‘वेष्ट फ्रीवे चर्च अफ क्रिष्ट’मा प्रार्थना गर्न भेला भएकामध्ये एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका हुन् । सामाजिक सञ्जालमा लाइभ भइरहेको प्रार्थनास्थलमा भएको आक्रमण स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा भएको जनाइएको छ ।
आक्रमणकारीले गोली चलाउन सुरु गरेको ६ सेकेन्डमा नै चर्चमा उपस्थित अर्का एक व्यक्तिले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । जसकारण धेरै मानिसको मृत्यु हुन पाएन ।
आक्रमण कुन उद्देश्यले गरिएको थियो भन्ने बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।