(काठमाडौं) – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा करीब ९० हजार जनाको मृत्यु भएको छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार सोमबार बिहानसम्म त्यहाँ ८९ हजार ५४ सय ५० जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८६ हजार ४ सय २३ पुगेको छ । २ लाख ७२ हजार भन्दा बढी निको भएका छन् । सबैभन्दा बढी न्यूयोर्क शहर प्रभावित भएको छ ।
न्यूयोर्कमा सोमबार बिहान सम्म २८ हजार २ सय ३२ जनाको ज्यान गएको छ । न्यूजर्सीमा १० हजार ३ सय ६३ जनाको मृत्यु भएको छ ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४७ लाख १० हजार भन्दा बढी छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म करीब १७ लाख ३२ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।