अमेरिकाले फेरि ५ जना नेपालीलाई गर्‍यो निष्कासन

49

काठमाडौं – अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

दुई साताअघि ६ जनालाई निष्कासन गरेको अमेरिकाले अघिल्लो साता थप ५ जनालाई निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा खड्का, ओली, चौधरी, केसी र विक थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू अघिल्लो साता काठमाडौं ओर्लिएका थिए।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ। पछिल्लो समय अमेरिकाले ११ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको थियो। एजेन्सी 

समाचार वर्गहरू