अमेरिका पछि कोरोनाको केन्द्र ब्राजिल, कुन देशमा कति संक्रमित ?

23

(ब्राजिल) – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकापछि ब्राजिलमा बढी देखिएको छ। पछिल्लो समय ब्राजिलमा संक्रमण तीव्र रुपमा फैलिएको हो।

ब्राजिलमा एकैदिन १९ हजार ९६९ मा संक्रमण देखिएको छ। त्यस्तै ९६६ ले ज्यान गुमाएका छन्। यससँगै संक्रमित हुनेको संख्या ३ लाख ३० ८९० पुगेको पुगेको छ भने मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ।

सबभन्दा बढी आक्रान्त बनेको अमेरिकामा गत २४ घण्टामा २३ हजार ९६४ नयाँ संक्रमित फेला परेका छन्। यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या १६ लाख ४८१ पुगेको छ। त्यस्तै थप १ हजार २८१ को ज्यान गएसँगै मृत्यु हुनेको संख्या ९७ हजार ६३५ पुगेको वल्र्डुमिटरको तथ्यांकमा रहेको छ। तर जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यो संख्या ९५ हजार ९२१ रहेको छ।

यसैगरी तीव्र रुपमा फैलिरहेको रुसमा ३ लाख २६ हजार ४४८ संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार २४९ ले ज्यान गुमाएका छन् भने १ लाख बराबरले स्वास्थयलाभ प्राप्त गरेका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ३ लाख ३७ हजार ५७२ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै ५२ लाख ५ हजार ९ सय संक्रमित भइसकेका छन्। जसमध्ये २० लाख ५४ हजार १२५ निको भइसकेका छन्।

कुन देशमा कति (दस देशको आँकडा)
अमेरिका
संक्रमित: १६,००,४८१
मृत्यु: ९५,९२१
निको: ३,५०,१३५

ब्राजिल
संक्रमित: ३,३०,८९०
मृत्यु: २१,०४८
निको: १,३५,४३०

रुस
संक्रमित: ३,२६,४४८
मृत्यु: ३,२४९
निको: ९९,८२५

बेलायत
संक्रमित: २,५५,५४४
मृत्यु: ३६,४७५
निको: १,१४२

स्पेन
संक्रमित: २,३४,८२४
मृत्यु: २८,६२८
निको: १,५०,३७६

इटाली
संक्रमित: २,२८,६५८
मृत्यु: ३२,६१६
निको: १,३६,६२०

फ्रान्स
संक्रमित: १,८२,००२
मृत्यु: २८,२१८

निको: ६३,९७६

जर्मनी
संक्रमित: १,७९,७१०
मृत्यु: ८,२२८
निको: १,५९,०६४

टर्की
संक्रमित: १,५४,५००
मृत्यु: ४,२७६
निको: १,१६,१११

इरान
संक्रमित: १,३१,६५२
मृत्यु: ७,३००
निको: १,०२,२७६

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय) (अन्नपूर्ण पोस्ट दैनिक बाट)

समाचार वर्गहरू