अमेरिकी गोलीकाण्डमा दुई मारिए

41

रासस/सिन्हवा – अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका छन् ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार दुई समूहबीच भएको झगडाका क्रममा एक व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको प्रहरी प्रमुख म्याकमानुसलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार वर्गहरू