काठमाडौं – अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झटका लागेको छ । जर्जियामा जो बिडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेको त्यहाँका जर्जियाका निर्वाचन अधिकारीहरूले पुष्टि गरेका छन् ।
त्यहाँको प्रारम्भिक नतिजामा, बिडेन नेतृत्व गरिरहेका थिए तर ट्रम्प शिविरको आपत्ति पछि, मतहरू हातले पुनः गणना गरिएको थियो । कुल मतका अनुसार अहिले पनि बाइडेनको जित ५९ लाख मतले बढी छ । जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् ।
उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् । बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् ।