काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफैं खराब भएको भाव झल्काउँदै एउटा कविता सार्वजनिक गरेका छन् ।
मंगलबार साँझ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘म अरुलाई के भनम ,म आफै खराब छु।’
यस्तो छ कविता:
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !
म अरुलाई के भनम ,म आफै खराब छु !!