अर्थका कर्मचारीमाथि अख्तियारको आँखा

18

साझा खबर/काठमाडौं– राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले राजस्व समूहका कर्मचारीहरूको सम्पत्ति विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राअविले राजस्व (भन्सार र कर प्रशासन)का कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरी आयोगलाई बुझाएको हो ।

अख्तियारको आग्रहमा राअविले आफ्ना संयन्त्रमार्फत राजस्व समूहका कर्मचारी, उनीहरूका परिवार र नातागोताको सम्पुर्ण सम्पत्ति विवरण संकलन गरेको हो ।
कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण र नातागोतासहित आफ्नो नाममा रहेको सम्पत्ति विवरण मेल नखाएपछि आयोगले राअवि मार्फत पहिलो चरणमा राजस्व समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेको हो ।
अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रमार्फत शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो ।

अर्थमन्त्रालय मातहत रहेर लामोसमय देखि आर्थिक लाभ लिंदै आएका उपसचिवहरु शान्तिराम निरौंला, रामप्रसाद रेग्मी, तिर्थ चिलुवाल, केशवराज उपे्रती, मान बहादुर पौडेल, हरि बस्याल, दिलिप अधिकारी, गोपाल खत्री, लेखनाथ शर्मा, टेक बहादुर अर्याल, जनकराज शर्मा, जय बहादुर भण्डारी लगाएत अन्य व्यक्तिमाथि छानविन सुरु भएको स्रोतको दाबी छ ।
भन्सार, राजस्व र कर कार्यालय कर्मचारीको अवैध कमाइका हिसाबले आकर्षक अड्डा हुन् ।

समाचार वर्गहरू