अल्का अस्पतालको जहाँ औषधि,त्यहा फार्मेसिस्ट अभियान

22

काठमाण्डौं – अल्का अस्पताल फार्मेसीको आयोजना र क्वयस्ट फार्मास्युटिकलको सहयोगमा बिश्व फार्मेसी दिवसको अबसरमा कार्यक्रम आयोजना गरेको छ । जहाँ औषधि,त्यहा फार्मेसिस्ट transforming globle health  भन्ने मुलनाराका साथ अन्तरास्ट्रिय फार्मेसी दिवस एक कार्यक्रमका साथ अल्का अस्पताल जावलाखेलमा सम्पन्न भएको हो।

कार्यक्रममा अल्का अस्पतालका प्रमुख प्रबन्धक कुमार थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गुणस्तरीय स्वास्थ्य सेवामा अल्का अस्पताल अहोरात्र लागिपरेको,अझै  सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुचमा पुर्याउने लक्ष्य रहेको प्रष्ट पारेका थिए । साथै स्वास्थ्य सेवा प्रबाहमा फार्मेसी जनशक्तिको अहम भुमिकाको प्रशंसा गरेका थिए।

उक्त कार्यक्रममा अल्का अस्पतालका सिईओ दिपेन्द्र पोखरेल,कन्सलटेन्ट अनुप थापा,क्वयस्ट फार्मास्युटिकलका मेनेजर शंकर ढकाल, नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष तथा नेपाल फार्मेसी काउन्सिलका सदस्य,अल्का अस्पताल फार्मेसीका प्रमुख अमृत खनाल ले फार्मेसी पेशाको महत्त्व र अस्पताल फार्मेसीको स्वास्थ्य सेवामा भुमिकाको चर्चा गरेका थिए।

कार्यक्रममा नेपाल फार्मेसी संघका सुदुरपश्चिम प्रदेश सचिव भरत बुढाले अल्का अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाका लागी प्रसङ्शा गर्दै दुर्गम बस्तीमा पनि अल्का अस्पताल पुग्न सकोस् र फार्मेसी पेशाको वर्तमान अवस्था लाई स्पस्ट पार्नुभयो।कार्यक्रममा अस्पतालका फार्मेसी बिभागका कर्मचारीको उपस्थिति थियो।

समाचार वर्गहरू