काठमाडौं – नेपालमा अवैध गतिविधिमा संलग्न रही पक्राउ परेका चिनियाँ नागरिकलाई लिन दुई ओटा चिनियाँ विमान आइपुगेको छ । अवैध गतिविधि गर्ने १२२ जनालाई चिन लैजान चिनियाँ इस्टर्नको दुई ओटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो ।
पर्यटन भिसामा नेपाल आएर अवैध गतिविधि गर्ने उनीहरुलाई यही पुस ७ गते प्रहरीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । नेपालमा आवश्यक कारवाही गरी अध्यागमन विभागले उनीहरुलाई आज चिन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले मध्यबिन्दु अनलाइनलाई जानकारी दिए ।
नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरु सबैको प्रवेशाज्ञा (भिसा) रद्द गरिसकेको छ । ट्राभल डकुमेन्ट बनाएर उनीहरुलाई स्वदेश फिर्ता गर्न लागिएको हो ।
सन् २०१९ मा पनि विभिन्न मुद्दामा विभिन्न देशका ६३८ नागरिकलाई डिपोर्ट गरिएको थियो । ती मध्ये अधिकांश चिनिया रहेका निर्देशक तिवारीले बताए ।