(बाँके) – अवैध रुपमा जडीबुटी खरिद बिक्री गर्न हिँडेका ३ जना बाँकेबाट पक्राउ परेका छन् । कोहलपुर नगरपालिका ११ लोकनगरबाट अवैध रुपमा खरिद बिक्री गर्न लिइ हिँडेको पाँच औले जडीबुटी ३ केजी ७ सय ३० ग्राम सहित उनीहरु पक्राउ परेका हुन् ।
कालिकोट पचालझरना गाउँपालिका ५ बस्ने ४६ वर्षीय अग्र बम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुर र ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरुलाई सुरक्षा जाँच गर्ने क्रममा उक्त परिमाणको जडीबुटी फेला पारेको हो ।
पक्राउ तीनै जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि ईलाका वन कार्यालय कोहलपुर पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।