रुकुम पश्चिम – अवैध लागूऔषध अफिम सहित रुमुक पश्चिमबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानो भेरी गाउँपालिका-६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।
सानो भेरी गाउँपालिका-३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५३ वर्षीय कुसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।