अवैध लागूऔषध सहित काठमाडौंबाट एक पक्राउ

18

(काठमाडौं) – काठमाडौंको चन्द्रागिरीबाट लागू औषध सहित एक जना पक्राउ गरेका छन् । चन्द्रागिरी नगरपालिका २ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका ७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा।२२ प ५३२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू