अवैध लागूऔषध सहित नागढुङ्गाबाट एक जना पक्राउ

38

काठमाडौं – अवैध लागूऔषध चरेशसहित नागढुङ्गाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–३ घर भएका २२ वर्षीय सागर तामाङ रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करीब ८० ग्राम लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख १९३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई सो परिमाण बराबरको लागू औषध सहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको केराबारी गाउँपालिका–१० खदम खोलाबाट करीब २ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ बस्ने १९ वर्षीय बिपिन लिम्बु र १७ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू