असार १ गतेदेखि बसपार्कबाट मात्रै सवारीसाधन सञ्चालन गर्न पाइने

13

काठमाडौं – काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखी यात्रुवाहक सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सरोकारवालाहरुसँगको बैठकबाट निर्णय भएको महानगरले जनाएको छ।

निर्णय कार्यान्वयन नगरे जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कारबाही गरिने पनि महानगरले स्पष्ट पारेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू