काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ।
समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्नेपानी हुँदा बहाव बढ्न सक्ने भन्दै बागमतीको नदी किनारामा नजान समितिले भनेको हो।
बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्ने जनाएको छ। नदीमा काम विशेषले जानै परेमा पनि सावधानी अपनाउन समितिले अनुरोध गरेको छ।
समितिका अनुसार सुरूङ खाली गर्न १६ दिन लाग्नेछ। परीक्षण सकिन भने दुई महिना लाग्नेछ। यो परीक्षण कालसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छैन।