काठमाडौं । नेपाली कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । आजको केन्द्रीय समिति वैठकमा यसबारे प्रस्ताव पेश हुने एक केन्द्रिय सदस्यले जानकारी दिए ।
सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको कांग्रेस उनकै नेतृत्वमा महाधिवेशनमा जान लागेको हो । आज काँग्रेस मुख्यालयमा बस्ने वैठकको अध्यक्षता थापाले नै गर्नेछन् ।
कांग्रेसले गत पुसमा मात्रै विशेष महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचनमा पराजय पश्चात थापाले राजीनामा दिएका थिए । उनको राजिनामा केन्द्रिय समिति बैठकले अस्विकृत गरेको थियो ।