असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट खुल्ने

22

काठमाडौं – सरकारले असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न दिने निर्णय गरेको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिए ।

ग्राहकले भौतिक दूरी कायम गर्न सक्ने गरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ । व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

सुरक्षाका उपाय अवलम्वन भए/नभएको बारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ । कोरोना भाइरसको महामारीका कारण गत चैत ११ गते लकडाउन गरिएपछि सबै होटल तथा रेष्टुरेन्ट बन्द रहादै आएका थिए ।

यस्तै, सरकारले अन्तरिक हवाई उडान खुला गर्ने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

समाचार वर्गहरू