बुटवल – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अर्घाखाँचीका वृद्धको मृत्यु भएको छ ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाने क्रममा अर्घाखाँचीको होम्निकास्थान गाउँपालिका–९ का ७३ वर्षीय वृद्धको बाटोमै मृत्यु भएको हो ।
२७ गते संक्रमण पुष्टि भएका उनलाई बुधवार बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
बिरामीको स्वास्थ्यमा थप समस्या भई आईसीयू आवश्यक परेपछि दाङको बेलझुन्डी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।