‘अहिलेको गठबन्धन फुटेका हाडीका खपटा जोडेजस्तो हो’ – ओली

6
फाइल फोटो

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले जहाँ टेक्यो त्यहाँ विकास हुने बताएका छन्।

बिहीबार झापामा आयोजित एमालेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विकास गर्न जन्मिएकाले जहाँ छोयो, टेक्यो त्यहाँ विकास भइहाल्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको हो। शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो। यी उपलब्धि रक्षा आगामी चुनावमा एमालेले जित्नैपर्छ।’

एमाले सरकारले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको र जनकपुरमा नेपालको आफ्नै रेल चल्न थालेको ओलीको जिकिर रहेको छ।

‘गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम छैन। फुटेका हाडीका खपटा जोडेजस्तो अहिलेको गठबन्धन सरकार नभई राष्ट्रिय शक्तिका रूपमा एमाले चुनावपछि उदाउँछ’, उनले भने।

एक फरक प्रशङ्गमा अध्यक्ष ओलीले राप्रपासँगको चुनावी तालमेलको सहमति पालना गर्न एमाले प्रतिबद्ध रहेको ओलीले बताए।

समाचार वर्गहरू