अहिले कानून पेशा ठगीको पेशा भयो : वरिष्ठ अधिवक्ता भण्डारी

53

काठमाडौँ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून पेशा अहिले ठगीको पेशा भइसकेको बताएका छन्।  कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न आयका वैकल्पिक स्रोत खोज्न सुझाव दिएका छन्।

लामो समयदेखि कानून पेसामा आबद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताएका हुन्। आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महसुस गरेको बताए।

उनले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त गरे। सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उनले आफ्नो जीवनको महत्त्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गरे।

भण्डारीले भने, ‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ। यो पेशा अहिले ठगीको पेशा भइसक्या छ। हामीले अन्य बाटो पनि पाउनुपर्छ। अर्थ साधन हो, बिना अर्थ केही हुँदैन।’ कानून पेशाको साथसाथै अन्य आर्थिक गतिविधिमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा उनको जोड छ। पेशालाई ‘ठगी’ को आरोपबाट बचाउन र निष्ठा कायम राख्न आर्थिक अभाव हुन नहुने उनको तर्क छ।

समाचार वर्गहरू