काठमाडौं – दशैंको अवसरमा सर्वसाधारणको सुविधाका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
दशैंमा सार्वजनिक सवारी साधनको संख्या अत्यन्त न्यून हुने भएकाले प्रहरीले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निशुल्क बस सेवा सुरु गर्न लागेको हो । प्रहरीले महाअष्टमी, महानवमी र विजया दशमीको दिन निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ ।
दशैंको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरी बलले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।