आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द हुने

11

काठमाडौं – नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु दु:खद रहेको भन्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।

देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवाहरू ठप्प हुँदा पर्ने असरको जिम्मेवारसमेत नेपाल सरकार रहेको संघका महासचिव डा. बद्री रिजालले बताए ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू