आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

21

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रवार प्रतितोला ७५ हजार ६ सय मूल्यमा कारोबार भएको छापावाला सुन आज ४ सयले बढेर ७६ हजारमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ७५ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी तोलाको रु ८ सय ८० कायम भइ कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला ८८५ रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेको हो ।

समाचार वर्गहरू