आईजी बढुवाको मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाई हुँदै

5

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ।

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै सोमबार दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई  र भीमार्जुन आचार्यले बहस गरेका थिए।

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरेका थिए।

बुधबारको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

समाचार वर्गहरू