आईतबार पुनः बस्ने गरि कांग्रेसको कार्यसमितिको बैठक स्थगित

21

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि (आइतबार) सम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा। डिला संग्रौलाले जानकारी दिइन् । बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो ।

उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् । साथै, उपसभापति शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए । आजको बैठकमा सोही प्रतिवेदनमाथि छलफल चलेको नेताहरूले बताएका छन् ।

आज बसेको बैठकमा सभापति गगन थापाको राजीनामाको विषयमा कांग्रेसले शुक्रबार बसेको बैठकले निर्णय नगरेको महामन्त्री प्रदीप पौडेलले बताएका छन् । बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिएका छन् ।

पर्सिको बैठकले राजीनामा स्वीकृति वा अस्वीकृत गर्ने पौडेलको भनाइ छ । ‘आज कुनै निर्णय भएन । धारणा राख्ने सबैले राजीनामा स्वीकृत गर्नु हुँदैन भन्नुभएको छ । पर्सी साढे आठ बजे अर्को बैठक राखिएको छ, त्यसमा निर्णय हुन्छ,’ उनले भने ।

समाचार वर्गहरू