(नवलपरासी) – ट्रकमा आगजनी तथा बम विस्फोट मुद्दाका फरार नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने २६ वर्षीय मोहन सापकोटालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका १ तुलसीपुरस्थित महेन्द्र राजमार्गमामा रोकी राखेका २ वटा ट्रकमा आगजनी गरेको संगठित अपराध मुद्दा र गत साउन १६ गते बर्दघाट नगरपालिका १३ धनेवामा रहेको एनसेल टावरमा बम विस्फोट गरेको मुद्दामा फरार रहेका सापकोटालाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनको घर नजिकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।