काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका ६, हाब्रामा बस्तिमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । करिब ५८ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय जलबिरेका अनुसार स्थानीय प्रेम श्रेष्ठको घरबाट आगलागी शुरु भएको थियो । आगलागीबाट श्रेष्ठले ढुङ्गामाटोबाट बनेको २ वटा घर पुर्ण क्षति भएको छ ।
मानवीय तथा पशुचौपायाको भने कुनै क्षति नभएको आगलागीबाट श्रेष्ठको मात्रै अन्दाजी २ तोला सुन, लत्ताकपडा, भाडाकुडाँ, अन्नपात, फर्निचर, पिठो पिसने मेसिन, किराना पसलको सामान, फर्निचर मिलको मेसिन तथा नगद गरी करिब २६ लाख रुपैयाँ बराबरको क्षती भएको प्रहरी सहायक निरीक्षक श्यामप्रसाद विनय यादवले बताए ।
आगो नियन्त्रणमा ल्याउन नसकिँदा पसल, सरसामान, वस्त्र, अन्नपात सबै जलेर नष्ट हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक यादवले आगलागीको कारण खुल्न नसकेको र तीन घरमा आगो लागेको जानकारी दिए।
हाल आगलागीमा घरसहित सम्पूर्ण अन्नपात नष्ट भएकाले पीडित परिवारले तुरुन्तै राहत र सहयोगका लागि सम्बन्धित निकायसँग अनुरोध मागेका छन्।