आगामी चुनावमा कांग्रेस एक्लै लड्छ – मन्त्री सिंह

69

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन्  ।

नेपाली कांग्रेस महाेत्तरी जिल्ला समितिले बर्दीबासमा शनिबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समय अघि भएकाे उपनिर्वाचनमा यसकाे अभ्यास भइसकेकाे पनि उनको भनाइ थियो ।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेकाे र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमाेदन गरिसकेकाे उनले बताए ।

`आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमाेदन गरिसकेकाे छ´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने,`पार्टीको मुख्य शक्ति संगठन हाे । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ । संगठन निर्माणमा सबैले ध्यान दिउँ । ´

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेकाे बताए ।

सर्लाहीकाे हरिपुर नगरपालिकामा शहरी विकास मन्त्रालयले बनाएकाे व्यवसायिक भवनकाे उद्घाटनमा जाने क्रममा महाेत्तरीमा पार्टीले आयाेजना गरेकाे कार्यक्रममा सिंह सहभागी भएका हुन्  ।

सिंह शुक्रबार कांग्रेस सिरहाले आयाेजना गरेकाे कार्यक्रममा सहभागी भएका थिए भने आजै राैतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुनेछन्  ।

समाचार वर्गहरू