काठमाडौं – फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभियर वेरले आगामी दुई हप्तामा अझ सतर्क हुनु आवश्यक रहेको बताएका छन् । आगामी १५ दिन भित्र आईसीयूमा भर्ना हुनेहरूको संख्या बढ्न सक्ने भन्दै उनले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
पछिल्लो समय फ्रान्समा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिदै गएको छ । स्वास्थ मन्त्री वेरनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा देशव्यापी लकडाउन अन्त्य भएको घोषणा गर्दै आफूहरुसँग कोरोना भाइरससँग लड्ने अन्य उपायहरु पनि रहेको बताएका छन् ।
उनले भने, “‘म लकडाउनको कल्पना गर्न सक्दिन । लकडाउन खाना उम्लेर पोखिरहेको भाँडोको ढक्कन जस्तो थियो ।”
फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म ३ लाख ४७ हजार २६७ पुगेको छ भने संक्रमणबाट त्यहाँ ३० हजार ७ सय ३० जनाको मृत्यु भएको छ ।