आजबाट निर्वाचन आचारसंहिता लागू हुने

12

(काठमाडौं) – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबार (आज) देखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउनेछ ।

आयोगले बिहीबार विज्ञप्ति जारी निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आचारसंहिता जारी गरेको जनाएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मंसिर १४ मा निर्वाचन हुँदैछ ।

निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुने लगायत प्रावधान छ ।

समाचार वर्गहरू