आजबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुँदै

36

काठमाडौं –  कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँ ताहाचलबाटबाट बन्द गरिएको श्रम स्वीकृति आज (सोमबार) देखि पुनः सुरु हुँदैछ ।

कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो ।

प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।

यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको भएको हुँदा अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको हो ।

समाचार वर्गहरू