काठमाडौं – निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार (आज) जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले ‘अनागरिक’ सावित भएका निवर्तमान गृहमन्त्री रवि लामिछानेले आज नागरिकताको प्रमाणपत्र लिन लागेका हुन् ।
उनी आइतबार विहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने उनका सहयोगीले बताएका छन्।
सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।
योसँगै, उनको सांसद पद खारेज भएको थियो। सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए।
लामीछानेले नागरिकता लिएपछी आजै गृहमन्त्रीको सपथ लिने स्रोत बताउँछ । स्रोतका अनुसार नागरिकता लिएलगत्तै सपथ ग्रहणको तयारी गरिएको छ ।
गैह्र सांसदलाई मन्त्री बनाएपछी छ महिनाभित्र सांसद बनिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।