आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

8
फाइल फोटो

काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरी ४ बजे शपथ गराउने तयारी गरिएको वालुवाटार स्रोत बताउँछ ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४-४ मन्त्रालय लिनेछन् । कांग्रेस, माओवादी र एसले १-१ राज्यमन्त्री पनि पाउनेछन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।

पछिल्लो समय नेकपा एसको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको वालुवाटार स्रोतको दाबी छ ।

एसलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ । एकीकृत समाजवादीले सरकारमा जाने विषयमै पुनर्विचार गर्नपर्ने अवस्था आउने चेतावनी दिएपछि गठबन्धन बैठकले मन्त्रालय बाँडफाँटमा हेरफेर गरेको हो ।

समाचार वर्गहरू