आज घोडेजात्रा – काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

3

काठमाडौं – आज घोडेजात्रा पर्व परेको छ। काठमाडौंको टुँडीखेलमा घोडा दौडाएर मनाइने यस जात्राका अवसरमा आज उपत्यकामा सार्वजनिक बिदा पनि दिइने गरिएको छ।

उपत्यकामा राक्षसले बालबालिका खाइदिने र दुःख दिने गरेकाले टुँडीखेलको मैदानमा घोडा दौडाएर त्यसको टापले कुल्चाएर उक्त राक्षसलाई मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाउन थालिएको हो।

आजकै दिन नेपाली सेनाले घोडेजात्रा विशेष समारोह पनि आयोजना गर्दै आएको छ। सेनाको  घोडसवार फौजले टुँडीखेलमा विभिन्न कौशल प्रदर्शन गर्ने गर्दछ।

समाचार वर्गहरू