आज चार संसदीय समितिको बैठक बस्दै

38

काठमाडौं – संघीय संसद्अन्तर्गतका चार समितिको बैठक बुधबार बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा नेपालमा हिउँदमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्व तयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार–मूल्य सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे नै बस्ने तय भएको छ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

समाचार वर्गहरू