आज देशका विभिन्न भू-भागमा चट्याङ, हावाहुरी सहिर बर्षाको सम्भावना

25

(काठमाडौ) – आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनचट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको  महासाखाले जनाएको छ ।

आज राति देशैभरि सामान्य बदली रहने र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महासाखाको भनाइ छ ।

समाचार वर्गहरू