आज भाइटीका : उत्तम साइत ११ः३७ बजे

20

काठमाडौं – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइँदै आएको नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकको मुख्य दिन आज भाइटीका हो ।

यमपञ्चकको पाँचौं दिन आज घरघरमा भाइटीका लगाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायूको कामना गर्दै परम्परानुसार सप्तरङ्गी अथवा पञ्चरङ्गी टीका लगाइदिने गर्छन् ।

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आफ्नो गक्ष अनुसार उपहार दिने प्रचलन छ । भाइटीका टीका आज दिनभर लगाउन कुनै बाधा नरहेको तर साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समाचार वर्गहरू