मध्यबिन्दु/काठमाडौं – आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रवार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सयले बढेर ७६ हजार ५ सयमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ७६ हजार २ सयमा कारोबार भएको छ ।
आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । शु्क्रवार प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८८५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।