आत्महत्याको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाही

59

ठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले आक्रन्त भईरहेका बेला मानसिक तनाब लगायत कारण आत्महत्याका घटना बढ्दै गएको छ ।

पछिल्लो समय आत्महत्या गर्ने व्यक्तिले फेसबुक लगायत सामाजिक सञ्जालमा मुत्युकालीन अवस्थाको लाइभ स्ट्रीमिङ गर्दै आत्महत्या गर्ने गरेको घटना सार्वजनिक भईरहेका छन् ।

यस्ता घटनामाको सम्बन्धमा ध्यानाकर्षण गएको भन्दै प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरी आत्महत्या गरिएको भिडियो फेसबुक सहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने जनाएको छ ।

आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुऱ्याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’

समाचार वर्गहरू