आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

34

(काठमाडौं) – नेपालले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।  बुधबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् । सरकारले लकाउन जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको छ ।

यसैबीच भारतले कोरोना संक्रमण बढिरहेकै बेला आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

समाचार वर्गहरू